Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सरकारको चौंथो प्राथमिकतामा भौतिक पूर्वाधार र पाँचौमा विद्युत (विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्ण पाठ)


काठमाडौं । सरकारले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वसहितलाई मुख्य सिद्धान्त मानेर आइतबार संसदमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता पेश गरेको छ ।

आगामी जेठ १५ गते बजेट तथा कार्यक्रम प्रस्तुत गर्न लागेको सरकारकोतर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका हुन् । सामाजिक क्षेत्रको विकास र न्याय, दिगो विकास र जलवायु परिवर्तन, संघीयताको सवलीकरण, निजी क्षेत्रको मनोवल अभिवृद्धि र शुशासन प्रवद्र्धन र सेवा प्रवाहमा सुधारलाई सरकारले सिद्धान्तको रुपमा प्रस्तुत गरेको छ ।

अर्थमन्त्री डा. महतले संसदमा पहिलो प्राथमिकतामा कृषि, दोस्रोमा उद्योग, तेस्रोमा शिक्षा, चौंथोमा ठूला र रणनीतिक महत्वका भौतिक पूर्वाधार आयोजना तथा पाँचौमा विद्युतलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए । त्यसैगरी सूचना प्रविधि, पर्यटन, वन, युवा विकास, महिला, वित्तिय संघीयता लगायतलाई सरकारले प्राथमिकतामा राखेको छ ।

(विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्ण पाठ)

बिनियोजन ऐनका सिद्धान्त २०८० Website

Read Previous

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुकाे निर्माण बाँकी   

Read Next

माथिल्लो कर्णालीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय सर्वोच्चद्वारा सदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *