Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएट सदस्यमा गुरागाईं विजयी


काठमाडौं । जलविद्युत उद्यमी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईं नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फको कार्यकारिणी सदस्यमा विजय भएका छन् । उनी महासंघको ५७औं वार्षिक साधारण सभामार्फत बुधबार सम्पन्न निर्वाचनमा विजयी भई कार्यकारिणीय सदस्य बनेका हुन् ।

उनको पक्षमा १३ सय १५ मत खरेको छ । एसोसिएटतर्फ निर्वाचित भएका १९ जना मध्ये बढी मत पाएर विजयी हुने सदस्यको सूचीमा उनी ७औं स्थानमा छन् । उनी ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघको ५७औं वार्षिक साधारणसभामा भएको चुनावी प्रतिस्पर्धामा थिए । नेपालको पानी, समृद्धिको खानी नारा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी राम्रो मत ल्याएर विजयी भएका छन् ।

महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित भएका उनले आफ्नो ज्ञान, सीप, अनुभव र क्षमता जलविद्युत क्षेत्रको व्यवसायिक हक हितका लागि उपयोग गरी लगानीमैत्री वातावरण बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।


Read Previous

पूर्वाधार विकासमा थप लगानी जुटाउनेबारे अर्थमन्त्री र विश्व बैंकका अधिकारीबीच वार्ता

Read Next

जलविद्युत परियाेजना निर्माणमा जलवायु परिवर्तनकाे चिन्ता, देखिँदैछन् असरका संकेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *