Nepal Purbadhar

महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै


काठमाडौं । नेपाल निर्माण व्यवसायी संघको २४ औं साधारण सभा र एफक्यान एक्सिलेन्स अवार्ड समारोह आगामी आइतवार (फागुन २८) राजधानीमा आयोजना हुने भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महासंघको साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुने महासंघले जनाएको छ । साधारण सभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ विशिष्ट अतिथिको रुपमा सहभागी हुने महासंघका महासचिव रोशन दाहालद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।

साधारण सभामा देशभरबाट करीब ११ सय प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागी हुने भएका छन् । साधारण सभाको उद्घाटन सत्रमा प्रधानमन्त्री प्रचण्डले निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरूको लेख रचना एवं महासंघका गतिविधि समेटिएको ‘निर्माण विशेषाङ्क’ स्मारिकाको विमोचन गर्नुहुने विज्ञप्तिमा जनाइएको छ ।

साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । आइतवार बेलुका नै उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना गरिने महासंघले जनाएको छ ।

समारोहमा निर्माण उद्योगको प्रर्वद्धनमा उल्लेखनीय योगदान दिने, उत्कृष्ट कार्य गर्ने निर्माण कम्पनी सहित भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिने सञ्चार माध्यमहरूलाई गरी कुल ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

काठमाडौं घोषणा पत्र जारी गर्दै साधारण सभा फागुन २९ गते सोमवार सम्पन्न हुनेछ ।

Facebook Comments

Read Previous

५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

Read Next

पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान सुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar