Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै


भोजपुर । भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ ।

पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताए । उनले पुलमा आवागमनका लागि प्रहरीले समन्वय गरिरहेको जानकारी दिए ।

पुलमा लगाइएका आठ वटा नट बोल्ट भाँचिएपछि १० टनभन्दा बढीका सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सूचना जारी गर्दै पुलमा लगाइएका नट बोल्ट भाँचिएको पुष्टि गर्दै सबैलाई सचेत रहन आग्रह गरेको हो ।

पुलको मध्यभागमा स्टिल गृडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको नट बोल्ट भाँचिएको बताइएको छ । हाल पुलमा सुरक्षाकर्मीको समन्वयमा एक पटकमा एउटा सवारीसाधन मात्रै प्रवेश गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ । १० वर्ष अगाडिबाट सञ्चालनमा आएको एक सय २० मिटर लम्बाई र सात मिटर चौडाइको उक्त पुल जोखिममा परेपछि आवागमनमा समस्या भएको छ ।

दैनिक सवारीसाधन आवतजावत गर्ने पुल जोखिममा परेपछि यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयवासी शङ्कर आचार्यले बताए । ‘सडक डिभिजनले अहिले सूचना टाँस गर्ने काम मात्र गरेको छ, मर्मतका लागि तत्काल पहल थाल्नुप¥र्यो’ उनले भने ।

पुलमा देखिएको समस्या तत्काल समाधान गरेर सहज यातायातको व्यवस्था गरिनुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर मोक्तानले बताए । ‘पुलमा देखिएको जोखिमका कारण सवारीका साधन मात्र होइन जिल्लामा नियमित प्रयोगमा आउने खाद्यन्नलगायत अत्यावश्यक सेवाको ढुवानीमा समेत समस्या हुन्छ, त्यसैले पुल मर्मत चाँडै थाल्नुपर्छ’ उनले भने ।

हाल जोखिम सावधानका लागि पुलबाट अतिआवश्यक सामग्री तथा सवारीसाधन मात्र आवतजावत भइरहेका सडक डिभिजन तुम्लिङटारले जनाएको छ । रासस


Read Previous

बिमाबिना जनकपुर–जयनगर रेल  सञ्चालनमा

Read Next

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

Leave a Reply

Your email address will not be published. Required fields are marked *