काठमाडौं । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ।
एयरलाइन्सले पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो। कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको प्राधिकरणले जनाएको छ ।
अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न प्राधिकरणले सोमबार नै पत्र पठाएको छ।