काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर फागुन ६ गतेदेखि बिक्री गर्न लागेको जनाएको छ ।
यो शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले के कति कित्ता कति मूल्यमा खरीद गर्ने हो सो समेत खुलाई कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।