Nepal Purbadhar

सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट


काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपिओ शुक्रबार बिहान बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएकोमा ४ हजार १७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो।

कम्पनीले कुल ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेको थियो।

यस्तै, ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरू छुट्याएर बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Facebook Comments

Read Previous

तनहुँका दुई स्वास्थ्य केन्द्र गाभिने

Read Next

नेपालको निर्यात प्रवर्द्धनमा नीतिगत तालमेलमा सरोकारवालाको जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar