Nepal Purbadhar

आजबाट नेपाल एयरलाइन्सको टिकट काउन्टर दैनिक १० घण्टा खुल्ने


काठमाडौं। नेपाल वायुसेवा निगमले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आजदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ।

निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको जानकारी गराएको छ ।

साथै शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि बेलुका ५ बजे सम्म बिक्री कक्ष खुल्ला रहने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

 


Read Previous

कृषि पर्यटनको गन्तव्य बन्दै बैजनाथ गाउँपालिका

Read Next

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य