Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो


बनेपा । ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचो छ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो। गुफाका भित्ताभर विभिन्न आकृतिका कलात्मक चित्रहरू देखिएपछि देवीदेवताको बासस्थान रहेको भन्दै पूजा गर्न थालिएको छ। अहिले सो ठाउँमा दैनिक सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा जाने गरेका छन्। वडानं ८ गहतेका हिराबहादुर तामाङ छोराले सामाजिक सञ्जालमा गुफाका बारेमा राखेको थाहा पाएर हेर्न आएको बताए।

वडा नं ९ बाघमाराका बद्री श्रेष्ठले भित्र पस्न अफ्ठेरो भए पनि गुफाभित्र पुगेपछि देवीदेवताको विभिन्न आकृति देख्न पाइएको जानकारी दिए। ‘धेरै पटक भित्र गएर हेरेको छु,’ उनले भने, ‘त्यहाँ गएपछि धेरै आकर्षक आकृतिहरु हेर्न पाइन्छ।’ सो ठाउँको जग्गाधनीसमेत रहेका वडा नं १० का विनोद लामाले वडा नं ९ बाट बसेरी जोड्ने सडक खन्ने बेलामा सो ठाउँमा फूल आकृतिको ढुङ्गाका साथै बाघको दाह्राजस्तो ढुङ्गासमेत फेला पारेको बताए।

‘करिब दुई वर्षअगाडि सो ठाउँ भएर सडक खन्ने क्रममा भित्ताको चेपमा मान्छे पस्न सक्ने सानो दुलो देखापरे पनि करिब एक महिनाअगाडि मात्रै भित्र पसेर हेर्दा विभिन्न आकृति पाइएपछि मानिसको भीड बढ्न थालेको हो,’ उनले भने, ‘सुरुमा शिवलिङ्ग आकारको ढुङ्गा फेला परेकामा पछि हेर्न आउनेहरूले त्यो ढुङ्गा लिएर गएको बताइएको छ ।’ भित्र मिलेर बस्दा आठ÷दसजना अटाउने ठाउँ रहेको लामाले बताए।

वडा नं ९ का हरेराम श्रेष्ठले त्यहाँ भएका कलात्मक वस्तु हेर्न आउनेहरूले केही मूर्ति घरमा लगेर पूजा गरेको भन्ने कुरा पनि सुन्नमा आएकाले त्यसको संरक्षणका लागि आफूहरू जुटेको जानकारी दिए। गुफाभित्रे टल्किरहेको आकृतिमा धूप बत्ती बालेर पूजा गर्नेको भीड बढेको छ तर त्यसले प्राकृतिक सुन्दरमा असर पार्ने भएकाले त्यसो नगर्न र संरक्षणमा सबै लाग्न आवश्यक रहेको सोही ठाउँका पुष्पराज श्रेष्ठले बताए।

स्थानीय बासिन्दा ज्ञानबहादुर लामाले सो ठाउँ वडा नं ९ र १० को सिमानामा रहेको हुनाले संरक्षण र प्रवर्द्धनका लागि दुवै वडा मिलेर आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्नेमा जोड दिए। त्यसका लागि संरक्षण समिति बनाउन आफूहरू लागिरहेको उनले बताए। बुद्धपार्क संरक्षण समितिका अध्यक्षसमेत रहेका लामाले दाप्चाको सो भेगलाई नै समेटेर पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न सबैको साथ र सहयोग हुनुपर्ने आवश्यकता औँल्याए।


Read Previous

कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

Read Next

यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुञ्जेलसम्म यातायात हड्ताल फिर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *