Nepal Purbadhar

अमेरिकी नेपालमा विकास प्रजातन्त्रको पक्षमाः प्रमुख समान्था पावर


काठमाडौँ । अमेरिकाको सरकारी सहयोग नियोग (यूएसएआइडी)की प्रमुख समान्था पावरले संस्थागत लोकतन्त्र र विकासका लागि अमेरिकी सहयोग जारी रहने बताएकी छिन् । उनले अमेरिका नेपालमा विकास प्रजातन्त्र र आर्थिक वृद्धिको पक्षमा रहेको समेत स्पष्ट पारिन ।

७५ बर्षदेखि नेपाल र अमेरिकाबीच सम्बन्ध रहेको बताउँदै दिगो आर्थिक विकास र सम्वृद्धिका लागि अमेरिकी सहयोग खुला रहने उनको भनाई थियो । । नेपालमा गर्ने सहयोगमा सहयोगमा कुनै भूराजनीति गन्ध नहुने पनि उनले बताइन । ‘अमेरिका नेपालको लोकतन्त्रलाई संस्थागत गर्न र यो देशको विकासलाई सहायताका लागि जहिले पनि खुला छ ।’ उनले भनिन्, ‘अमेरिका नेपालमा समावेशी आर्थिक वृद्धिको पक्षमा छ, विकास प्रजातन्त्र र आर्थिक वृद्धिको पक्षमा छ।

दुई दिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले नेपालमा दिगो विकास लक्ष्य (एसडीजी) र मध्य आय भएको मुलुकको स्तरोउन्नतिका लागि सहयोग गर्ने बताउँदै कृषि, पर्यटन, स्वच्छ ऊर्जाको सम्भावनालाई विकासमा बदल्नका लागि सहयोग गरिरहेको बताइन ।

नेपाल–अमेरिकाबीच निकटतम् सम्बन्ध रहेको र अमेरिकामा नेपालीको उपस्थिति बढ्दो रहेको उनको भनाई थियो । ‘विकासको पक्षमा लम्किएको नेपाललाई अमेरिकाले सहयोग गरिरहन्छ, यसमा भुराजनीति गन्ध हुँदैन, दुई देशबीचको सम्बन्धले यसलाई निर्धारण गरेको छ ।’, उनले भनिन्, ‘दुई देशबीचमा जनस्तरकै सम्बन्ध बलियो हुँदैछ, अमेरिकाले आफ्नो नीतिमा स्पष्ट लेखेर नै सहकार्य गर्छ यदि नेपाललाई दिने सहयोग भनेको नेपालसँग अमेरिका विभिन्न चरणमा गरेको प्रतिबद्धताको उत्पादन हो ।’


Read Previous

त्रिशूली जलविद्युत केन्द्रको स्तराेन्नति गरिँदै, सुख्खा याममा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने बनाइने

Read Next

‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली