Nepal Purbadhar

उर्लाबारीमा ३९ करोड लागतमा खानेपानी योजना विस्तार गरिँदै


मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ। उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३९ करोड रुपैयाँको लागतमा उक्त योजना अगाडि बढाएको हो।

सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यका साथ उर्लाबारी–८ र ९ मा बृहत् सहलगानी योजनाअन्तर्गत खानेपानी योजना विस्तार थालिएको खानेपानी संस्थानका अध्यक्ष चिन्तामणि पौडेलले बताए। उनी भन्छन्, ‘उर्लाबारीमा खानेपानीको माग बढ्दो छ, मागलाई ध्यानमा राख्दै हाल ८ र ९ वडामा योजना विस्तार गरिरहेका छौँ, आगामी आर्थिक वर्षमा वडा नं २ मा ट्याङ्की निर्माण गर्छौँ।’ सन् २०२७ सम्ममा उर्लाबारीका सबै वडामा खानेपानी विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

उर्लाबारी खानेपानी संस्थानले हाल वडा नं १, ३, ४, ५, ६ र ७ का साथै दमक–१० का केही भागमा खानेपानी वितरण गर्दै आएको छ। हाल उर्लाबारी ८ र ९ मा पाइप बिच्छ्याउने काम भइरहेको संस्थाले जनाएको छ। योजना विस्तारपछि वडा नं ८ र ९ का गरी २० हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन्। विसं २०५२ मा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी योजना अघि बढाएको थियो।

Facebook Comments

Read Previous

सडक सञ्जालसँग जोडियो बाँफिकोट

Read Next

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar