Nepal Purbadhar

महालक्ष्मी नगरपालिकालाई अरुण नदीको लिफ्टिङ खानेपानी


धनकुटा । खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ। संघीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको हो।

नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो। कूल लागतमध्ये १४ करोड बराबर ठेक्का भिमेश्वर आरयू मैनाली जेभी काठमाडौंले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ। विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएकोे जेभीले तोकेको समयमा काम पूरा गर्ने आरयू मैनाली जेभीका म्यानेजर ज्ञानेन्द्र लामाले जानकारी दिए। लामाले सबैको सहयोग पाएकाले लिफ्टिङ खानेपानीको पूर्वाधारको काम ९० प्रतिशत र मुख्य पाइप लाइन विस्तारको काम ३५ प्रतिशत सकिएको जानकारी दिए।

चार लिफ्टिङ स्टेसनमार्फत सञ्चालन हुने यस आयोजनामा एक (सम्फवेल) इनार, २० हजारदेखि ५० हजार लिटर क्षमताका १३ वटा ट्यांकीसहित ४५ किमी खानेपानी शाखा लाइन विस्तार गरिनेछ।

आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव भएका तीन वडालाई सहयोग पुग्ने नगरका प्रमुख ध्रुव रायाले जानकारी दिए। रायाले भने, ‘यो खानेपानीले जनतालाई धेरै सहयोग पुग्नेछ।’ आयोजना निर्माण पूरा भएपछि मानवीय सरसफाइ, वस्तुभाउ तथा करेसाबारीमा तरकारी लगाउन सहयोग पुग्ने वडा नं ६ का अध्यक्ष नरबहादुर महतराले जानकारी दिए। अब वडावासीले खानेपानीको जोहो गर्न चिन्ता गर्ने दिनको अन्त्य हुने वडा नं ७ का अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिए ।

Facebook Comments

Read Previous

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

Read Next

सूचना प्रविधिलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar