Nepal Purbadhar

आशा लघुवित्तको लाभांश घोषणा


काठमाडौं । आशा लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रहेको छ।


Read Previous

पर्यटन प्रवर्द्धन गर्न साइकलबाटै ‘टुर दि ठाकुरद्वारा’

Read Next

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar