Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

प्रदेश सञ्चार ऐन छिट्टै आउँछ : मुख्यमन्त्री कार्की


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार ऐन छिट्टै आउने बताएका छन्।

प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सञ्चार क्षेत्रको हक, हित र अधिकारका लागि सञ्चार ऐनको मैस्यौदा तयार भइसकेको बताए।

उनले प्रेस र पत्रकारिताको भूमिका व्यवस्थित गर्न ऐन र कानुनबाट सञ्चार प्रतिष्ठान गठन गर्ने भनाइ राखे । उनले प्रदेशको नाम सकेसम्म सहमतिबाट नामकरण गर्ने र त्यो सम्भव नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउने स्पष्ट पारे। कामको बोँझ नथपिएसम्म प्रदेश सरकारले मन्त्रिपरिषद् बिस्तार नगर्ने उनको भनाइ छ। गठबन्धनबाट बनेको यो सरकारले छिट्टै गति लिनेमा उनले विश्वास व्यक्त गरे।

उक्त अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा ११ हजार एक सय रुपैयाँ राशिको कृष्णप्रसाद सिग्देल स्मृति पुरस्कारबाट पत्रकार दिनेश सुब्बा र १५ हजार पाँच सय रुपैयाँ राशिको जनार्दन मैनाली स्मृति पुरस्कारबाट पत्रकार तेजेन्द्र भण्डारी छन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री जीवन घिमिरेले पत्रकारले व्यावसायिक मर्म र धर्मलाई स्थापित गर्नुपर्ने बताए। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले समाजलाई सुसूचित गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिए।


Read Previous

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला

Read Next

भूक्षय नियन्त्रणका लागि कञ्चनपुर र कैलालीका चार नदीमा तटबन्ध निर्माण हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *