Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

यातायात क्षेत्रका अन्तर्राष्ट्रिय उत्तम अभ्यास कार्यान्वयनमा विज्ञकाे जोड


काठमाडौं । दिगो यातायात सञ्चालनका लागि ३ वटा आधार महत्त्वपूर्ण रहेको विज्ञहरूले बताएका छन् । शुक्रबार राजधानीमा सुरु भएकाे दिगो र एकिकृत यातायात सम्मेलनमा सहभागी विज्ञहरूले दिगो यातायात सञ्चालनका लागि वातावरणीय गुणस्तर, सामाजिक पूर्वाधार र अर्थतन्त्रको गुणस्तर महत्त्वपूर्ण हुनेमा जाेड दिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सोसाइटी अफ ट्रान्सपोर्ट इञ्जिनियर्स नेपाल (सोटेन) ले आयोजना गरेको २ दिने सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै भारतको आइआइटी रुड्कीका प्राध्यापक सतिश चन्द्रले दिगो यातायात सञ्चालनमा सहरको प्राकृतिक वातावरणको गुणस्तर, सामाजिक पूर्वाधारको गुणस्तर र अर्थतन्त्रको गुणस्तर मुख्य हुने बताए ।

यस प्रकारकाे गुणस्तर अहिले मुख्य गरी युरोपेली देशका सहरहरूमा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ । अमेरिकामा भने राज्यअनुसार  यातायात काउन्सिलले दिगो यातायात सञ्चालन व्यवस्थापनको काम गर्ने गरेको छ ।

उनले सडक बनाउँदा त्यसको सतहलाई ध्यान नदिँदा समस्या आउने गरेको बताए । ‘सडक पूर्वाधार बनाउँदा सतहकाे काममा बढी ध्यान पुर्याउनु पर्ने हुन्छ । यसाे नगरिँदा  सडकमा पहिरो खस्ने समस्या सधैं भइरहन्छ’ उनले भने ।

चीनको डालियन युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्याक डा.शेनचुवाङ झाओले चीनका ठूला सहरमा यातायात व्यवस्थापनमा भएका अभ्यासहरूबारेकाे कार्यपत्र प्रस्तुत गरे ।

कोरियन ट्रान्सपोर्ट इन्स्टिच्युटका सिनियर रिसर्च फेलो डा.योङ इन क्वानले अब विश्व नै विद्युतीय यातायात सञ्चालनमा जानु पर्नेमा जाेड दिए । उनले दक्षिण कोरियाले हरित हाइड्रोजन उत्पादनमार्फत यातायात क्षेत्र सुधारमा उल्लेखनिय प्रगति भएकाे जिकिर गरे ।

टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक सिन्हा हानाओकाले भारतका विभिन्न राज्यहरूमा सवारी चालकसँग गरिएको अध्ययनको नजिता  सम्मेलनमा  प्रस्तुत गरे । उनले गरेकाे अध्ययन रिपाेर्टमा भारतका विभिन्न राज्यमा सवारी चलाउने ड्राइभरले यात्रुलाई गर्ने व्यवहारबारे उल्लेख गरिएकाे थियाे । उनले सडकमा राखिएका हाेडिङ बाेर्डका तस्बीर, त्यहाँ लेखिएका शब्द र त्यसको उपयोगमा आधारित थियो ।

स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, थाइल्याण्डका प्राध्यापक कुन्नावी कालीटपोङले दुई पाङ्ग्रे मोटरसाइकलको व्यवस्थापनबारे प्रस्तुती दिइन् । मोटरसाइकलको संख्या अधिक रहनुले पनि व्यवस्थापनमा समस्या पारेको उनको भनाइ छ ।

त्यस्तै, ड्राइभरले लाइसेन्सबिना नै चलाउने, अधिक चालक २५ वर्ष मुनिका हुनु पनि थाइल्याण्डमा समस्याको रूपमा रहेको छ। यसलाई व्यवस्थित गर्न लाइसेन्स अनिवार्य गर्नुपर्ने, उच्च गतिलाई नियन्त्रण गर्नुपर्ने, नयाँ प्रविधिको प्रयोगलाई वृद्धि गर्नुपर्ने उनले सुझाव दिइन् ।

पूर्व सचिव वीरेन्द्रबहादुर देउजाले नेपालले यातायात नीतिलाई परिवर्तन गर्न लागेको र सम्मेलनले नीति परिवर्तनलाई सहयोग पुग्ने बताए ।


Read Previous

बेँसीसहर-चामे सडक ४० प्रतिशत स्तरोन्नति

Read Next

झोलुंगे पुलका कारण त्रिवेणीमा बढे पर्यटक

Leave a Reply

Your email address will not be published. Required fields are marked *