Nepal Purbadhar

बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा कडाइ


काठमाडौं । नेपाल राष्ट्र बैंकले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले सीपमूलक तथा उत्पादन मूलक उद्योग व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत मात्रै थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने भएको हो ।

राष्ट्र बैंकले २०७९ साउन १८ गते निर्देशन जारी गरी बैंक तथा वित्तीय संस्थाले २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्ववेशी कज्जा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) सञ्चालनका लागि आाधारदरमा २ प्रतिशतमात्र थप गर्न पाउने भएको हो।

राष्ट्र बैंकका अनुसार यदि कसैले यस्ता खालका कर्जा लिएकोमा अर्थात् लिने वालामा छ भने आधारदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर निर्धारण भएको छ भने आफुले कर्जा लिएको वा लिने संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष दर्ता गर्न सकिने छ ।

सो सम्बन्धित संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

Facebook Comments

Read Previous

सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै

Read Next

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar