Nepal Purbadhar

सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै


सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा महेशबारी टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न थालिएको छ। राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान निर्माण गर्न लागिएको हो।

गाउँपालिकाका अध्यक्ष केदानाथ यादवले सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्यका साथ उद्यान निर्माण गर्न लागिएको बताए। गाउँपालिकाको मातहतमा रहेको करिब १४ कठ्ठा क्षेत्रफलमा उद्यानका विभिन्न संरचना निर्माण गर्न लागिएको छ।

उद्यान बनेपछि गाउँमा रौनकता थप्ने र आर्थिक गतिविधि बढ्ने स्थानीय नागेन्द्र यादवले बताए । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उद्यान निर्माण भइरहेको छ। ‘निर्माणपछि आन्तरिक पर्यटकको चहलपहल बढ्ने आशा गरेका छौँ,’ उनले भने।


Read Previous

शुभम पावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

Read Next

बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा कडाइ