Nepal Purbadhar

सवारी प्रदुषण, सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न मन्त्रालयले गठन गर्याे सात सदस्यीय कार्यदल


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी प्रदुषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरण’बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ।

उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित सात सदस्यीय कार्यदलको संयोजक पूर्व सचिव शरदचन्द्र पौडेल छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेश गर्ने छ।

कार्यदलमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायात विज्ञ मधुसूदन आचार्य र इन्जिनियर बिजय गौतम सदस्य छन्।

यातायात ब्यबसायी महासंघका अध्यक्ष वा प्रतिनिधिलाई समेत सदस्य तोकिएको उक्त कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव रहेका छन्।


Read Previous

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा, ३ लाखले अवलाेकन गर्ने अपेक्षा

Read Next

सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र