Nepal Purbadhar

कालीगण्डकी नदीमा पुल निर्माण


तनहुँ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ।

तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ। पुलको हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।

संघीय सरकारको २४ करोड रुपैयाँको लागतमा पुल निर्माण सुरु भएको हो। आर्थिक वर्ष ०७३/७४ मा सम्झौता गरी आव ०७९/८० असार मसान्तभित्र सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनी युनाइटेड बिल्डर्स एन्ड रमण जेभीसँग ठेक्का सम्झौता भएको जनाइएको छ।

हालसम्म तनहुँतर्फ तीन पाल्पामा एक र नदीको बीच भागमा एक पिल्लर निर्माण भएको छ । नदीमा बाँध बाँधेर नदीको बहावलाई परिवर्तन गरी निर्माण भइरहेको उनले बताए। पुलको लम्बाइ दुई सय १० र चौडाइ १०.५० मिटरको हुनेछ। निर्माण समितिका सचिव डानस मल्लले सो स्थानमा केही वर्षअघि झोलुङ्गे पुल निर्माण गरिएको जानकारी दिए।

Facebook Comments

Read Previous

इलाममा सिसाको पुलसहितको साइकल ट्रयाक निर्माण कार्यको थालनी

Read Next

क्रसर उद्योग बन्दकाे कारण निर्माण क्षेत्रमा देखिएको समस्या चाँडै समाधान गर्छाैंः ऊर्जा मन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar