Nepal Purbadhar

कर्पोरेट पेमार्फत २ खर्ब बढीको कारोबार


काठमाडौं । कर्पोरेट पे प्रणालीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म (६ महिना)मा २ खर्ब २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा भने कम्पनीले कुल १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले सहज रूपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले वृद्धी भएको कम्पनीले जनाएको छ ।

हाल ४४ बैंक वित्तिय संस्थाहरू मार्फत् उक्त प्रणाालीमा बैंक–वित्तीय संस्थाका ६ हजार १०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भई कारोबार गर्दै आएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यस प्रणालीमार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ।


Read Previous

जलविद्युत गृहको कम्पाउण्ड ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण माग

Read Next

आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar