Nepal Purbadhar

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध


काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ।

कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ। टेलिकमको बेवसाइट पनि खुल्न सकेको छैन। देशभरका उपभोक्ताले टेलिकममा के भएको हो ? भनेर जिज्ञासा राखिरहेको भएपनि टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन।

आज दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरुले सामाजिक सञ्जालमा गरिरहेका छन् । तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन।


Read Previous

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

Read Next

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सन्तानेश्वर महादेव’