Nepal Purbadhar

कालिन्चोक दर्शनको आइपीओ बिक्री खुला


काठमाडौँ। कालिन्चोक दर्शन लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्ये १०५ अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । जसमध्ये ५५ अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आइपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ। यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको समयसम्म आवश्यक अनुसार आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ।

Facebook Comments

Read Previous

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

Read Next

चश्मा आयातमा कर घटाउन माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar