Nepal Purbadhar

रेल्वे लगायतका पूर्वाधारमा थप सहयोग गर्न भारत इच्छुक


काठमाडाैं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदुत नविन श्रीबास्तवले  भेट गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठलाई औपचारिक बधाई ज्ञापन गर्न राजदुत श्रीबास्तव मन्त्रालय पुगेका हुन्। राजदुत श्रीबास्तवले भारत सरकार, भारतीय जनताको तर्फबाट सफल कार्यकालको शुभाकमना तथा बधाई दिए ।

भेटको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्याय सहितको सम्बृद्धि हासिल गर्ने दिशामा रहेकोमा विकासको लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गरे ।

राजदुत श्रीवास्तबले नेपाल सरकारलाई रेल्वे लगायतको पूर्वाधारमाथप सहयोग गर्न इच्छुक रहेको बताए । भारतीय सहयोगमा चालू विकाश आयोजनालाई गति दिन आगामी दिनमा आवश्यकछलफल गर्दै जाने कुरा भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताए।

शिष्टाचार भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव शुभांग पराजुली लगायतका अधिकारीको उपस्थिति रहेको थियो।


Read Previous

उर्लाबारीमा प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

Read Next

प्रधानमन्त्री प्रचण्डद्वारा सिंहदरबारका संरचना अवलोकन