काठमाडौ । नेपाल विद्युत प्राधिकरणकी पहिलो उपकार्यकारी निर्देशक गोसाई केसीको निधन भएको छ । केही बर्षदेखि क्यान्सर रोगबाट पीडित उनको आइतबार निधन भएको हो ।
विद्युत प्राधिकरणको पहिलो निर्देशक र उप कार्यकारी निर्देशकको रुपमा उनले ३० बर्ष बिताएकी थिइन । ललितपुरको जाऊलाखेलमा सेनाको परिवारमा हुर्किएकी गोसाई केसीले १३ बर्षको उमेरमै उनले प्रवेशिका परीक्षा (एसएलसी) पास गरेकी थिइन । दोलखाका बलबहादुर केसीसँग १७ बर्षकै उमेरमा विवाह भएको थियो ।
प्रशासनमा एम गरेकी उनले सानो ठिमी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा केही समय काम गरेपछि तत्कालीन साना जलविद्युत विकास समितिको अधिकृतको रुपमा जागिर शुरु गरेकी थिइन । विकास समितिलाई २०४२ सालमा स्थापना भएको नेपाल विद्युत प्राधिकरणमा गाभिएपछि उनको प्रवेश प्राधिकरणमा भएको थियो ।