Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

विद्युत प्राधिकरणले आफैँ हटाउन थाल्यो पोलमा झुन्डिएका अव्यवस्थित तार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अटेर गर्ने सेवा प्रदायकको विद्युतीय पोलमा झुन्डिएको अव्यवस्थित तार तथा उपकरण आफैँ हटाउन सुरु गरेको हो । प्राधिकरणले पटक–पटक सूचना जारी गरी आग्रह गर्दा समेत अटेर गरेपछि सोमबारबाट सहर नै कुरुप हुने गरी विद्युतीय पोलमा झुन्ड्याइएका इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजनका तार आफैँ हटाउन सुरु गरेको हो ।

पहिलो चरणमा त्रिपुरेश्वर–सुन्धारा–रत्नपार्क–केशरमहल–लैनचौर–लाजिम्पाट–नारायण गोपालचोक–बूढानीलकण्ठ खण्डको अव्यवस्थित तार र उपकरण हटाउन सुरु गरेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्राधिकरण ऐन, २०४१ को दफा १९ (ख) र १९ (छ) बमोजिम विद्युतीय पोलमा झुन्ड्याइएका अव्वस्थित तार अटाउन सुरु गरिएको हो । निर्देशनालयले सोमबार सार्वजनिक सूचनामार्फत अब जथाभावीरूपमा झुन्ड्याइएका सेवा प्रदायकका तारहरू हटाउन सुरु गरेको जानकारी समेत सेवा प्रदायकलाई गराएको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबल एवं एक्सियल केबल तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरणहरू अब हटाइरहेको प्राधिकरणले जनाएको छ । साथ,ै जथाभावी झुन्ड्याइएका तार पोलबाट हटाउँदा हुन सक्ने नोक्सानीको लागि आफु जिम्मेवार नहुने समेत प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले यसअघि गत कात्तिक १५ गते ४५ दिनभित्र तथा मंसिर १८ गते ७ दिनभित्र तार तथा उपकरण व्यवस्थित गर्न सूचना जारी गरी ताकेता गरेको थियो । तर, यो अवधिमा कुनै सेवा प्रदायकले सूचना बमोजिम तार तथा उपकरण व्यवस्थित नगरेपछि प्राधिकरण आफैँ हटाउने निर्णयमा पुगेको हो ।

सेवाप्रदायकले विद्युतीय पोलमा अव्यवस्थितरूपमा तार झुन्ड्याउँदा पोल कुरुप देखिनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको छ । उपत्यकाको वितरण प्रणाली भूमिगत बनाउँदा मात्रै विद्युतीय पोलमा झुन्डिएका तार तथा केबल दीर्घकालीनरूपमा हटाउन सम्भव हुने देखिन्छ ।


Read Previous

चितवनमा इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा तिर्न गरे ढिलाई

Read Next

सम्पन्न नगरी बथनाह–कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरणको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *