Nepal Purbadhar

महिला हिंसाविरुद्धको सचेतनामा वर्ल्डलिंकको ‘पोडकाष्ट’ अभियान


काठमाडौ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ ।
१६ दिने महिला हिंसाको अभियानको क्रममा वर्ल्डलिंकले सामाजिक उत्तरायित्व अन्र्तगत १६ दिने अभियान सञ्चालन गरेको हो । ‘अरेञ्ज द वल्र्ड’ नामक सो अभियान अन्तर्गत पुर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका नौ महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन ।
अभियान अन्तर्गत नेपालको पहिलो महिलाको रुपमा चर्चित उनीहरुको नाम समेटिएको छ । पोडकास्ट अन्तर्गत अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघमा आवद्ध भएर नेपालको इज्जत राख्न सफल पहिलो महिला बिनिता राई, एकल खुट्टाले नाँचेर चर्चित भएकी रोमा न्यौपाने, पहिलो महिला नायब महानिरीक्षक मीरा चौधरी र मानव अधिकार अधिवक्ता प्रपुसा केसीसँग महिला हिंसा र उनीहरुको अनुभवबारे कुराकानी गरिएको थियो ।
यसैगरी पोडकास्टमा पहिलो कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान, अधिकारको क्षेत्रमा क्रियाशील शैली चौधरी, कैदी सहायता नेपालकी इन्दिरा रानामगर, नेपाल महिला राष्ट्रिय फूटबल टिमकी कान्छी खेलाडी प्रीति कुलुङ राई, गल्र्स इन टेककी आस्था शर्मा, भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक प्राडा. नीलम श्रेष्ठ र वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व (सीएसआर) की प्रमुख अनुपा जलानसँग कुराकानी गरिएको थियो ।


महिलाहिंसाविरुद्धको अभियान अन्तर्गत पोडकास्टको समापन कार्यक्रममा बोल्दै बाग्मती प्रदेशकी पुर्व मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले वर्ल्डलिंकले महिलाविरुद्धको हिंसाबारे सचेतना जगाउन अभियान गरेको सुन्दा अचम्म परेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीको यो अभियानले लैंगिक हिंसा न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने बताए । ‘वर्ल्डलिंककै कारण अहिले केटा र केटीले रोजी रोजी विवाह गर्न पाएका छन्, विश्वका खबर तुरुन्तै जनताले पाएका छन् ।’ उनले भनिन् ।
वर्ल्डलिंक कम्पनीका सञ्चालक लक्ष्मण यादवले सूचना प्रवाहले नागरिकको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउँदै वल्र्डलिंक त्यही अभियानमा लागेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सबै क्षेत्रमा इन्टरनेट सेवा पुर्याएपछि हिंसाबारे बोल्नलाई सजिलो भएको बताउँदै समाजमा रहेको असमानताबारे सबैले बोल्नुपर्ने बताए ।
गल्र्स इन टेककी आस्था शर्मा र महिला फुटबल खेलाडी प्रीति राईले अनुभव सुनाएको कार्यक्रममा वर्ल्डलिंक सीआरएस प्रमुख जलान र कार्यक्रम व्यवस्थापक अन्तिजिला भुषालले वर्ल्डलिंकले सीएसआर अन्तर्गत लैंगिक समानता, स्वच्छ ऊर्जा लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।


Read Previous

निफ्रा र आइएफसीबीच पीपीपी आयोजना विकासको लागि समझदारीपत्रमा हस्ताक्षर

Read Next

कर्मचारीलाई शहरी विकास मन्त्रीको प्रश्न–‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar