Nepal Purbadhar

आइडिया स्टुडियो नेपालको सिजन ७ सुरु


काठमाडाैं । उद्यमशिलतालाई प्रवर्द्धन गर्दै आएको आइडिया स्टुडियो नेपालले आफ्नो साताैँ सिजनको लागि आवेदन खुल्ला गरेको छ | आइडिया स्टुडियोले आफ्नो छैटाैँ सिजन सम्म ४ हजार ५ सयभन्दा बढी नवीन व्यवसायिक विचारहरू प्राप्त गरेको थियाे ।

त्यसमध्ये ३ सय ५० भन्दा बढी व्यवासायिक विचारहरू इन्क्युबेशन कार्यक्रममा सहभागी भइसकेका छन्  । ६५ भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन्।

आइडिया स्टुडियो नेपालले आफ्नो विविध कार्यक्रम मार्फत देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको व्यापक सहभागिता जुटाउन सफल भएको छ ।

आइडिया स्टुडियो नेपालले नेपाली उत्पादन प्रवर्द्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्द्धन गर्ने जस्ता सबै ‌‍‍‍क्षेत्रका व्यवसायिक आइडियाहरूले विशेष प्राथमिकता दिने छ ।

आइडिया स्टुडियो नेपालमा प्राप्त भएको आइडियाहरु मध्ये सिजन ७ मा ४० व्यवसायहरुलाई इन्क्युबेसनको लागि छनाैट गरिन्छ । छनाैट भएका व्यवसायहरुलाई विशेष प्राथमिकता दिदै उत्कृष्ट बनाउन सर–सल्लाह, तालिम, व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरशिप, साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण बनाउने कार्य गरिन्छ |


Read Previous

‘नीतिगत तहमा बसेकाहरूमा नैतिकताकाे खडेरी हुँदा ठूला पूर्वाधार परियाेजना निर्माण हुन सकेनन् ’

Read Next

मंसिर २९ गतेदेखि निफ्रा बैंकको ‘ऊर्जा ऋणपत्र’ निष्कासन हुँदै