Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

क्यान झापाको अध्यक्षमा घिमिरे


झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् ।

क्यानको शनिबार विर्तामोडमा भएको चौथो जिल्ला अधिवेशनले ८ सदस्यसमेत चयन गरेको छ । पदाधिकारीहरू भने क्यानको विधानले शाखाको पहिलो बैठकबाट मनोनयन गर्ने व्यवस्था गरेको निर्वाचत अधिकृत अधिवक्ता देवेन्द्र भण्डारीले जानकारी दिए ।

क्यान झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य भूपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको हो ।

क्यान महासङ्घ नेपालका केन्द्रीय सदस्य मैनालीले झापाले गत वर्ष धेरै रचनात्मक कार्यक्रम गरेर उत्कृष्ट जिल्लाको पुरस्कार प्राप्त गरेको स्मरण गराउँदै नयाँ नेतृत्वबाट पनि यस्तै अपेक्षा रहेको बताए ।


Read Previous

साढे ३० कराेड ठेक्काकाे पश्चिम बाग्लुङ जाेड्ने रणनीतिक सडक निर्माण सुरु

Read Next

डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *