सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहानस्थल अम्बाथान पुगेका छन् । उनले पानीको मुहान अवलोकन गरेका छन् ।
गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा हालिएको र पानी सुरुङमा हालेको १० देखि १२ दिनमा काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिए ।