लिखु प्रभावित क्षेत्र भन्नाले पूर्वमा पिके देम्वा डाँडा, पश्चिममा भोर्जुङ तामे डाँडा, दक्षिणमा महाभारत पर्वत श्रेणी उत्तरमा लिखु चुली अनि नुम्बुर हिमालसम्म फैलिएको क्षितिज भित्रको क्षेत्र हो । यस लिखु प्रभावित क्षेत्रमा उस्तै उस्तै सामाजिक आर्थिक अवस्था भएका ६ वटा पालिकाहरू २ वटा प्रदेश र ३ वटा जिल्लामा बाँडिएर रहेका छन । उत्तर दक्षिण फैलिएका यी पालिकाको जमिनको उचाइ बढ्दै जादा जीवनको विकटता र कठिनाइ पनि बढ्दै गइरहेको पाइन्छ ।
विद्युतका ज्यालादार कर्मचारीले सर्वसाधारणलाई खुलेआम झिनामसिना सेवामा लुट शैलीमा मनोमानी ढंङ्गले पैसा उठाउदा पनि वडा तथा पालिकाहरू निरिह झै टुलुटुलु हेरेर बसेका छन् । सडकको नाममा बिना अध्ययन जताततै दुर्घटना निम्तिने गरी पाखा, बारी, भित्ता भत्काइएका छन् । जनप्रतिनिधिहरू नै उपभोक्ता समितिका नाइके बनेका छन् ।
नयाँ संविधान र राज्यको पुन–संरचना पछि नयाँ पहिचाहन र उच्च संभावनाका साथ अस्तित्वमा आएका यी पालिकाहरूले स्थानीय सरकारको एउटा अवधि गुजारी सकेका छन । आफ्ना स्रोत साधन परिचालन गर्न खासै प्रभावकारी नभएका यी पालिकाहरू संघीय र प्रदेशले उपलब्ध गराउने बजेटमा निर्भर छन । अन्यत्र जस्तै यस क्षेत्रका पालिकाहरूले पनि वर्षको आधा अरवका दरले रकम खर्चेका छन । यी ६ वटा पालिकाले खर्च गरेको वर्षको ३ अरव रकम परिणामको हिसावले विशाल हो तर नतिजा र उपलब्धिका आधारमा निराशाजनक छ ।
लिखु प्रभावित पालिकाहरूको सुशासन कि कुशासन ?
यहाँका अधिकांश पालिकाहरूको आर्थिक सुशासन र पारदर्शिता कमजोर छ । यहाँका प्राय सबै पालिकाहरूको अर्थतन्त्रका प्रत्येक क्षेत्रका उपलब्धिहरू निराशाजनक छन । औलामा गन्न सकिने सफल योजना र गर्व गर्न लायकका उपलब्धि एउटै छैनन् । कृषि र पशुपालनका एउटै नमूना खेती र नमूना फर्महरू छैनन् ।
कुनै पनि पालिकामा दिगो कृषि नीति र अनुदान वितरणका पारदर्शी मापदण्डहरू बनेकै छैनन् । कृषि अनुदानका नाममा आफ्ना कार्यकर्ताहरूलाई राजनैतिक र आर्थिक पहुँचका आधारमा रकम बाँड्ने काम मात्र भएको छ ।
बिउ बिजन किटनासक औषधि, पशु उपकरण खरिद लगायत भेटरीनरी सेवा उपलब्ध गराउने नाममा सबै पालिकामा सबै भन्दा बढी तर गुपचुपमा आर्थिक अनियमितता भइरहेको छ । स्थानीय अर्थतन्त्रको एउटा आधार अर्थात खम्बा मानिएका र संविधानमा नै स्थानीय तहको अधिकार क्षेत्र भित्र राखिएका सहकारीहरूको अवस्था उस्तै अस्थव्यस्त र शंकास्पद छ ।
उपभोक्ता समिति निरिह छन् । ट्याक्टर, डोजर, डिजेल लगायत निर्माण सामाग्रीको व्यापार गर्छन् । समितिबाट कमिसन लिन्छन् । छदम नामका कम्पनी खडा गरेर सेटिङमा पालिका ठेक्का आफै लिन्छन् । स्वास्थमा प्रचारप्रशार मात्र बढी छ । नेपाल सरकारबाट निशुल्क वितरण गर्ने भनिएको औषधि पनि स्वास्थ्य संस्थामा छैन ।
प्रर्यटनको प्रवद्र्धन लज्जास्पद छ । प्राकृतिक रुपमा रहेका डाडा, चुचुरा टाकुरा तथा दृश्यावलोकन केन्द्रहरूको पूर्वाधार सहित प्रवद्र्धन गर्नुका सट्टा एकाध र संभावना विहिन स्थानमा कङ्क्रिट पिलरका कला विहिन टावर ठड्याउने काम मात्र भएका छन् । पर्यटनका नाममा हेर्दै पुर्पुरोमा हात राख्नुपर्ने संरचनाहरू त्यो पनि आफ्ना कार्यकर्ताहरूलाई काम, माम र दाम दिनका लागि मात्र बनाइएका छन् । विजुली बत्तीको विस्तार र सेवा निरासाजनक छ ।
विद्युतका ज्यालादार कर्मचारीले सर्वसाधारणलाई खुलेआम झिनामसिना सेवामा लुट शैलीमा मनोमानी ढंङ्गले पैसा उठाउदा पनि वडा तथा पालिकाहरू निरिह झै टुलुटुलु हेरेर बसेका छन् । सडकको नाममा बिना अध्ययन जताततै दुर्घटना निम्तिने गरी पाखा, बारी, भित्ता भत्काइएका छन् । तर दिगो र गर्व गर्न लायक एउटै सडक पूर्वाधार छैनन् । जनप्रतिनिधिहरू नै उपभोक्ता समितिका नाइके बनेका छन् ।
उपभोक्ता समिति निरिह छन् । ट्याक्टर, डोजर, डिजेल लगायत निर्माण सामाग्रीको व्यापार गर्छन् । समितिबाट कमिसन लिन्छन् । छदम नामका कम्पनी खडा गरेर सेटिङमा पालिका ठेक्का आफै लिन्छन् । स्वास्थमा प्रचारप्रशार मात्र बढी छ । नेपाल सरकारबाट निशुल्क वितरण गर्ने भनिएको औषधि पनि स्वास्थ्य संस्थामा छैन । कर्मचारीहरू स्वास्थ्य संस्था भित्रै झोलामा राखेर निजी लाभका लागि औषधिको व्यपार गर्छन । स्वास्थ्य संस्थामा भरोसायुक्त उपचार छैन ।
भएका एम्वुलेन्सहरू संस्थाहरूको गेट अगाडि थला परेर बसेका छन् । आपतकालिन विरामीहरूको विचल्ली छ । शिक्षाको हालत पनि उस्तै छ । एकाध पालिका बाहेक शिक्षा अस्तव्यस्त छ । अधिकांश विद्यालयभित्र उभिएर लगानीसँग तुलना गरी बालबालिकाहरूको शैक्षिक उपलब्धी हेर्दा सन्तोष मान्ने अवस्था छैन । प्राविधिक शिक्षा र उच्च शिक्षाको क्षेत्रमा जनप्रतिनिधि र उच्च तहका कर्मचारीहरू बेमतलवी र अनविज्ञ नै छन् । सीपमूलक तथा व्यवहारिक प्राविधिक शिक्षा र उच्च शिक्षाको सन्दर्भमा कुनै नीति, खाका भावि योजना केही पनि छैन ।
खुलेआम भएका लाखौलाखका भ्रष्टचारका संलग्नताहरू पनि एउटा पाना विज्ञप्तीबाट टुङ्ग्याइन्छ । आर्थिक सामाजिक परिवर्तनमा संलग्न जलविद्युत आयोजनाहरू जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूका दुहुना गाई बनेका छन । क्षमता र सीपको पारदर्शी परीक्षण नै नगरी पहुँचको आधारमा आफ्ना आसेपासेलाई पालिका कार्यलयहरूमा कर्मचारीको रुपमा भर्ना गरिएको छ ।
घरपायक शिक्षकहरू घरयासी काममा थाकेर दिउसो विद्यालयमा थकाइ मार्न आउछन् भने अन्य शिक्षकलाई नेताको चाकरी र राजनैतिक झोला बाकेर नै फुर्सत छैन । आलिसान भौतिक संरचना र जनशक्ति भएका विद्यालयहरूको शिक्षण गुणस्तर, शैक्षिक उपलव्धी र बालबालिकाको सक्षमता हेर्दा अत्यासलाग्दो अवस्था छ । डाक्टर, इन्जिनियर लगायत विज्ञान प्रविधिमा दख्खल राख्ने विद्यार्थीको उत्पादन त परै जाओस वैदेशिक मजदुर हुन र सामान्य नागरिक कहलिन पनि अयोग्य जनशक्तिको उत्पादन भइरहेको छ ।
पालिका र वडाका आफ्नै कार्यलय कक्ष तथा भौतिक पूर्वाधारका संरचनाहरू हेर्दा प्रत्येक वर्ष बालुवामा पानी खन्याइ रहेको स्थिति जस्तो लाग्छ । जति लगानी खन्याइए पनि जस्ताको तस्तै । यो ५÷६ वर्षमा जनताको सेवा गर्छु भन्ने जनप्रतिनिधि तथा राजनैतिक नेताहरूको आर्थिक अवस्था कहाँबाट कहाँ पुगिसकेको छ तर आम नागरिकको अवस्था उस्तै छ ।
गुपचुप भ्रष्टचार, अनियमितता तथा बेथिति त हजारौ छन । खुलेआम भएका लाखौलाखका भ्रष्टचारका संलग्नताहरू पनि एउटा पाना विज्ञप्तीबाट टुङ्ग्याइन्छ । आर्थिक सामाजिक परिवर्तनमा संलग्न जलविद्युत आयोजनाहरू जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूका दुहुना गाई बनेका छन । क्षमता र सीपको पारदर्शी परीक्षण नै नगरी पहुँचको आधारमा आफ्ना आसेपासेलाई पालिका कार्यलयहरूमा कर्मचारीको रुपमा भर्ना गरिएको छ ।
यहाँका जनप्रतिनिधिहरू र प्रशासकहरू जनताका सेवक भन्दा पनि शासकका रुपमा प्रस्तुत भएका छन् । भएका केही सिमित विकास निर्माण पनि विधि, नीति र प्रणालीमार्फत भन्दा पनि आफ्नो दया र निगाहाबाट आफ्नै खल्तीबाट झिकेर बाडिरहेको र्झै गरिरहेका छन् ।
प्रतिस्पर्धा र क्षमताका आधारमा आएका भनिएका कर्मचारीहरू पनि सौदाबाजी र अकर्मन्यतामा बाधिएका छन । इमान्दार जनप्रतिधि, कर्मचारी, शिक्षक निरिह र छायाँमा छन अनि कुटिल दाउपेजका सिकार भएका छन ।
पालिकाहरू सेवामा होइन, प्रचारमा अघि
पालिकाहरूको नीति, कार्यक्रम, योजना र बजेट भाषण सुन्दा, वार्षिक प्रगति प्रतिवेदन पढ्दा, सामाजिक सञ्जाल हेर्दा यी पालिकाहरू र वडाहरूले केही काम गर्न बाँकी राखेका छैनन् जस्तो लाग्छ । अनेक पाखण्डी र आडम्वरी कामका लागि केन्द्र सरकारका सामुन्ने काठमाडौमा नै सम्पर्क कार्यलय खोलेर पनि सेवा दिएको भनेर खुलेआम भएका बेथिति सामाजिक सञ्जालमा राखेर प्रचार गर्छन् ।
दैनिक तथा नियमित कार्य, खुद्रा मसिना विकास निर्माणका कार्य र प्रायोजित तथा सामान्य उपलब्धी सामाजिक सञ्जालमा राखेर विकास निर्माणका भ्रम छर्ने भन्दा बाहेक उल्लेख्य उपलव्धी कतै पनि पाइदैन ।
जनताका दुखहरू ज्यूँ का त्यूँ छन् । काम गर्ने उमेर पुगेका र कामको खोजीमा रहेका युवा युवती अनि आय आर्जनको अवसरको खोजीमा रहेका वयस्कहरू अन्यत्र अर्थात काठमाडौ वा विदेश नै पलायन भइरहेका छन् । २०७८ सालमा भएको जनगनणामा लिखु कोरिडोरमा रहेका ६ वटै पालिकामा तिव्र गतिमा जनसंख्या घटिरहेको देखिन्छ । बस्तिहरू उजाड हुदैछन् ।
पालिकामा भइरहेको नेतृत्वलाई इमान्दारिताका साथ फराकिलो सोच बनाएर काम गर्न खवरदारी गर्नुपर्नेछ । नयाँ नेतृत्व छान्दा व्यक्तिको क्षमता, शिक्षा, संभावना र इमानदारितालाई आधार मानिने वातावरण सृजना गरिनु पर्दछ ।
विद्यालयमा पढ्ने केटाकेटीहरूको संख्या घटिरहेको छ । कक्षाकोठा खालि भइरहेका छन् । आम मानिसहरूमा विकास र रुपान्तरणको आशा मरिरहेको छ । यहाँका जनप्रतिनिधिहरू र प्रशासकहरू जनताका सेवक भन्दा पनि शासकका रुपमा प्रस्तुत भएका छन् । भएका केही सिमित विकास निर्माण पनि विधि, नीति र प्रणालीमार्फत भन्दा पनि आफ्नो दया र निगाहाबाट आफ्नै खल्तीबाट झिकेर बाडिरहेको र्झै गरिरहेका छन् ।
नयाँ र सृजनशील काम गर्ने भन्दा पनि स्वभाविक रुपमा भएका काममा एकलौटी जस (प्रशंसा) लिने होडबाजी चलेको पाइन्छ ।
सुधारको खाँचो
लिखु भू–जलाधार क्षेत्रमा प्राकृतिक रुपमा अथाह संभावना छ । तर राजनैतिक तथा प्रशासनीक प्रवृति अझै अनुकुल बन्न सकेको छैन । आम नागरिक र यस क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूले महसुस गर्ने गरी विकास र परिवर्तनको खाका जतिसक्दो चाडो कोरिनु पर्दछ । जीवनका अनेक बाध्यताले लिखु कोरिडोरभित्र अझै बसोबास गरीरहेका करिव एक लाख मानिसहरूको मुहारमा खुसी ल्याउनु छ ।
भविष्य प्रति आशा जगाउनु छ । वाध्यता तथा रोजीरोटीको कारणले गर्दा अर्थात आफ्नो सीप, क्षमता र प्रतिभा देखाउन पलायन भएका सचेत र जानेबुझेकालाई सामाजिक सञ्जालबाट जोडेरै भए पनि आफ्नो जन्मभूमि प्रति जागरुक बनाउनु छ ।
हाम्रा आँखा अगाडिका कुशासनलाई धारेहात लगाइ गाली गरेर आफ्नै भाग्यलाई धिकार्दै कति समय सम्म बस्ने ? अव नागरिक समाज, इमान्दार नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षक कर्मचारी र आम जनता मिलेर खबरदारी गर्नुपर्ने समय आएको छ ।
पालिकामा भइरहेको नेतृत्वलाई इमान्दारिताका साथ फराकिलो सोच बनाएर काम गर्न खवरदारी गर्नुपर्नेछ । नयाँ नेतृत्व छान्दा व्यक्तिको क्षमता, शिक्षा, संभावना र इमानदारितालाई आधार मानिने वातावरण सृजना गरिनु पर्दछ । भूगोल, संभावना, आवश्यकता र अवसरको ज्ञान नभएको मानिसबाट के नै आशा राख्न सकिन्छ र ? बालुवा पेलेर त तेल आउदैन, तेल निकाल्न त तोरी अर्थात तेलहन नै पेल्नु पर्दछ ।
राजनैतिक आवरण र आग्रह भन्दा माथि उठेर सामाजिक जिम्मेवारी वहन गरिसकेको लोक परीक्षणमा खरो उत्रेको व्यक्तिलाई मात्र जन अनुमोदन गरिनु पर्दछ । अन्यथा हाम्रो तिव्र परिवर्तन र रुपान्तरणको चाहनामा तुषारापात हुनेछ । भावी सन्ततिले हामीलाई धिकार्ने छन ।
मातृभूमी प्रतिको स्वभाविक दायित्वबाट मुक्ति मिल्ने छैन । दूर दराजका स्थानीय सरकार संचालन र संचालकका प्रभाव र सफलताका कथा पढेर कतिन्जेल रमाइरहने ? हाम्रा आँखा अगाडिका कुशासनलाई धारेहात लगाइ गाली गरेर आफ्नै भाग्यलाई धिकार्दै कति समय सम्म बस्ने ? अव नागरिक समाज, इमान्दार नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षक कर्मचारी र आम जनता मिलेर खबरदारी गर्नुपर्ने समय आएको छ ।
सामाजिक अभियन्ता, लेखक, पत्रकारहरूले जोडतोडले आवाज उठाउने समय आएको छ । स्वर्ग भन्दा धेरै संभावना भएको ठाँउलाई अहिल्यै, तत्कालै तथा हाम्रै पालमा परिवर्तन गरी लिखु भू–जलाधार क्षेत्रमा लिखु कोरिडोरलाई केन्द्र मानी समग्रमा रुपान्तरण गर्नु परेको छ । यहाँको सर्वाङ्गिन विकास गरेर आर्थिक, सामाजिक अवस्था माथि उठाइ जनताहरूको जीवनस्तरमा सुधार ल्याउनु परेको छ ।
यसका लागि स्रोत साधनको खाँचो छैन । खाँचो त केवल इमान्दार नेतृत्वको छनौट, स्पष्ट तथा वस्तुनिष्ट दुरदृष्टि, न्यायिक तथा समानुपातिक बजेट बाँडफाँड, पारदर्शी योजना तथा कार्यन्वयन र निष्पक्ष अनुगमन तथा यथार्थ मूल्याङ्कनको मात्र छ ।