Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

हेटाैंडा सिमेन्ट उद्याेगले ३ महिनापछि क्लिङ्कर उत्पादन सुरु गर्याे


मकवानपुर । ३ महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा क्लिङ्कर उत्पादन सुचारु भएको छ । भट्टीमा लाग्ने  कोइलाको आपूर्ति भएपछि मंगलबारबाट सिमेन्ट उद्याेग सञ्चालनमा आएकाे हाे ।

 उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरी उत्पादन सुचारु गरिएकाे  सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । अहिले उद्याेगमा १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

केही महिनादेखि आर्थिक अभावको कारणबाट समयमै कोइला आपूर्ति हुन नसकेपछि उद्याेगकाे उत्पादन बन्द थियाे । अहिले वैकल्पिक उपायको अवलम्बन गरी सिमेन्टको पुनः उत्पादन सुरु गरिएको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए । उनका अनुसार उद्योगले ३ महिनासम्म उत्पादन बन्द गर्नुपर्दा निकै क्षति व्यहोर्नुपरेको छ । अ

हिले वैकल्पिक आर्थिक कारोबारको लागि उपाय अवलम्बन गरेर मात्रै उद्योग सञ्चालनमा ल्याउन सहज भएको उनले बताए । उद्योगका उपकरणको मर्मतसम्हारको लागि २ साता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो सातादेखि सिमेन्ट उत्पादन  बन्द गर्न बाध्यता भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ ।


Read Previous

पर्यटकीय स्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दाे

Read Next

‘धम्म यात्रा’ मा २० हजार बढी यात्रुले विद्युतीय बसमा निःशुल्क यात्रा गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *