Nepal Purbadhar

तरलता अभावलगायत विषयमा सुझाव दिन अर्थ मन्त्रालयले गठन गर्यो समिति


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझाव दिन समिति गठन गरेका छन् ।

समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउनेछ । मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवशायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण सुझाव समिति गठन गरिएको हो ।

सुझाव समितिमा कोको छन् ?
१। बाबुराम सुवेदी, सहसचिव, अर्थ मन्त्रालय–संयोजक
२। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय– सदस्य (प्रतिनिधि)
३। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय– सदस्य (प्रतिनिधि)
४। राष्ट्रिय योजना आयोग– सदस्य (प्रतिनिधि)
५। नेपाल राष्ट्र बैंक– सदस्य (प्रतिनिधि)
६। नेपाल बैंकर्स संघ (२ जना) – सदस्य (प्रतिनिधि)
७। निजी क्षेत्र (उद्योग वाणिज्य संघका ३ जना) – सदस्य (प्रतिनिधि)

आइतबार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल बैंकर्स संघ लगायत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो ।


Read Previous

पूर्वाधार, पर्यटनलगायत ४ क्षेत्रको कार्यस्थलमा आधारित तालीम संचालन हुने, महासंघले गर्यो संघहरुसँग सम्झौता

Read Next

नारायणगढ-मुग्लिन सडक: चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध