विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन पर्यटन विभागको निर्देशन
काडमाडौं । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन ध्यानाकर्षण गराएको छ । कानुनअनुसार तोकिएको प्रक्रिया पुरा नगरी यस्तो पूर्वाधार तथा क्रियाकलाप सञ्चालन गरेमा कारवाही हुने विभागले बताएको छ