परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन
काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिल समितिले विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । आगामी वार्षिक साधारण सभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्ने छन्