मध्यभोटेकोसी आयोजनाको संरचनाको परीक्षण चल्दै, प्रसारण लाइनको समस्याले उत्पादन सुरु हुन समय लाग्ने
काठमाडौं । बाढी,पहिरो, भूकम्प, नाकाबन्दी तथा स्थानीय अवरोध झेल्दै निर्माण सम्पन्न भएको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको संरचनाहरूको परीक्षण भइरहेको छ । चिलिमे जलविद्युत कम्पनीको सहायक मध्यभोटेकोसी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको आयोजनाको मुख्य सुरुङमा