फागुनदेखि केबलकारमै मौलाकालिका, दैनिक ६ हजार यात्रु आवतजावत गराउन सकिने
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी ३ महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी