डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा
तनहुँ । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कन सडक खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्मकाे ६ किलाेमिटर सडक खण्ड कालोपत्रको तयारी गरिएकोे हो । यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो ।