नेपालमा थप लगानीको निश्चितता गर्नु भ्रमणको उद्देश्यः चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्ष
काठमाडौं। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था 'काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड' का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।