पूरा हुने चरणमा पुग्यो नागढुंगा सुरुङमार्ग, मुख्य सुरुङ अब २ सय मिटर मात्रै खन्न बाँकी
काठमाडौं । निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आयोजना पूरा हुने चरणमा पुगेको छ । आयोजनाको सुरुङ खनेर सकिने चरणमा पुगेको हो । मुख्य, अडिट, इभाकुएसन र क्रसपास गरी सबै ५ हजार ४ सय ९९ मिटर लामो सुरुङमध्ये