तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा
दमौली । निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत् आयोजनाकाे विद्युत प्रवाह हुने दमाैली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण ७३ प्रतिशत सकिएको छ । तनहुँ आयोजनाको तेस्रो प्याकेजअन्तर्गत निर्माणाधीन प्रसारण लाइन अन्तिम चरणमा पुगेकाे हाे ।