तनहुँमा २८ करोड ५९ लाख रूपैयाँका १२ सिँचाइ योजना निर्माण गरिँदै

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ । ती योजना निर्माण गर्नका लागि कुल  २८ करोड ५९ लाख रूपैयाँको सम्झौता गरिएको छ