ठेक्का अलपत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा
काठमाडाैं । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने २ दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।