४०० केभी ढल्केबर-इनरुवा प्रसारण लाइन र हेटौँडा सबस्टेसनको औपचारिक उद्घाटन हुँदै
बागमती । मुलुकको विद्युत प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अन्तरदेशीय विद्युत व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड र ढल्केबर सबस्टेसनका शुक्रबार औपचारिक उद्घाटन हुँदैछ ।