काठमाडौं उपत्यकामा ८ वटा उच्च क्षमताका सबस्टेसन निर्माणाधीन, २२० केभीको रिङ लाइन बनाइने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन छन् ।