Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा जलविद्युत र सौर्य विद्युत मात्रै आपूर्ति


काठमाडौं । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नवीकरणीय ऊर्जाको मात्रै उपयोग हुन थालेको छ । सन् २०३० सम्ममा कार्बन उत्सर्जन नेट शून्यमा ल्याउने भारत सरकारको लक्ष्य पूरा गर्ने उद्देश्यले विमानस्थलका लागि जलविद्युत र सौर्य ऊर्जाको स्रोतबाट उत्पादन भएको विद्युतको उपयोग थालिएको हो ।

जुन महिनाबाट विमानस्थलमा जलविद्युत र सौर्य विद्युत मात्र आपूर्ति भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आवश्यक विद्युत विमानस्थल परिसरमा जडान भएका सौर्य विद्युत प्लान्ट र हिमाञ्चल प्रदेशमा सञ्चालित जलविद्युत आयोजनाबाट आपूर्ति भइरहेको छ ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन भएको हरित ऊर्जा मात्रै उपयोग गर्ने भारतको पहिलो विमानस्थल बनेको छ । यससँगै विमानस्थलको ऊर्जा माग अनुसारको आपूर्ति पूर्णरूपमा नवीकरणीय ऊर्जामा स्वीच गरिएको हो ।

विमानस्थलमा नवीकरणीय ऊर्जाको मात्रै उपयोग हुँदा वार्षिक २ लाख टन कार्बन उत्सर्जनमा कमि आउने समाचारमा जनाइएको छ । यसले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई नेट शून्यमा झार्ने भारत सरकारको लक्ष्य प्राप्त गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भनिएको छ ।

विमानस्थलका लागि आवश्यक कूल ऊर्जाको ६ प्रतिशत विद्युत विमानस्थल बाहिर राखिएको सौर्य ऊर्जा प्लान्टबाट उत्पादन हुनेछ । यो माग परिपूर्तिका लागि विमानस्थलको एयर साइड क्षेत्र र कार्गो टर्मिनलको छतमा सोलार प्यानलहरू लगाइएको छ ।

पहिलो पटक गत जुन १ बाट विमानस्थलले जलविद्युत र सौर्य विद्युतको मात्रै उपयोग गर्न सुरु गरेको हो । यो सँगै विमानस्थलको दुषित ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतमाथिको निर्भरता शून्यमा झरेको छ ।

विमानस्थलमा पूर्णरूपले नवीरकणीय ऊर्जाको आपूर्तिका लागि हिमाञ्चल प्रदेशमा रहेको जलविद्युत उत्पादक कम्पनीसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिए सम्झौता अनुसार सन् २०३६ सम्म यी कम्पनीले विमानस्थललाई जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत उपलब्ध गराउनेछन् ।

विमानस्थल परिसरको सौर्य विद्युत आयोजनाबाट ७.८४ मेगावाट र कार्गो टिर्मनलको रुफटपमा ५.३ मेगावाटको सोलार प्लान्ट राखिएको छ । यो उत्पादनले विमानस्थलको ६ प्रतिशत माग व्यवस्थापन हुनेछ । कूल मागको ९४ प्रतिशत विद्युत माग भने जलविद्युतबाट आपूर्ति भइरहेको छ ।


Read Previous

बीमा निर्देशिका खारेज गर्न एक हप्ते अल्टिमेटम

Read Next

मेलम्ची खानेपानी आयोजना (एक खाेज अध्ययन)

Leave a Reply

Your email address will not be published.