Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

८ हजार मिटर उचाईका ४ हिम श्रृङ्खलाबाट ३० हजार किलो फोहोर संकलन


काठमाडौं । नेपालमा अवस्थित ८ हजार मिटर बढी उचाईका ४ वटा प्रमुख हिम श्रृङ्खलाबाट करिब ३० हजार किलो फोहोर संकलन गरिएको छ । नेपाली सेनाले सुरु गरेको सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा लगायतका हिम श्रृङखला सरसफाई अभियान २०२२ अन्तर्गत यो फोहोर संकलन गरिएको हो ।
अभियान सुरु भएको करिब डेढ महिनामा यी हिम श्रृङ्खलाबाट २९ हजार ९ सय ९८ किलो फोहोर संकलन भएको छ । जसमा ५ हजार २ सय ४ किलो कुहिने र २४ हजार ७ सय ९४ किलो नकुहिने फोहोर छ ।

पर्वतारोहण गर्न जानेहरूले प्रयोग गरेका रित्तो अक्सिजन क्यानिष्ट, पाल, खाने कुराका कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक्स लगायतका फोहोर भेटिएका छन् । केही दिनमै ३५ हजार किलोसम्म फोहोर संकलन गर्न सकिने अभियानमा सहभागीहरूले बताएका छन् ।

प्रमुख कर्पोरेट साझेदारकोरूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरूले पनि सहकार्य गरिरहेका छन् । नेपाली सेना तथा शेर्पाहरू गरी ७७ जना हिम श्रृङ्खला सरसफाई अभियानमा खटिएका छन् ।

वार्षिक १ हजार १ सय बढी आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाईका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रिने गर्दछ । जसका कारण हिमाली क्षेत्रको फोहोर व्यवस्थापन कार्य प्रमुख चुनौतीकोरूपमा देखिने गर्दछ ।

प्रतिकुल मौसम, चोट–पटकको उच्च जोखिम भएका कारण हिम श्रृङ्खलाको सरसफाई अभियान पनि चुनौतीपूर्ण देखिएको छ । यो अभियानमा सहभागीहरूले एक्स्पेडिसन टिमका सदस्यको सुरक्षालाई उच्च प्राथमिकतामा अहिलेसम्मको यात्रा तय गरेका छन् ।

नेपाली सेना र विभिन्न सरोकारवालाहरूको अगुवाईमा सञ्चालित यस हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान मध्यको एक हो । यो अभियानको तेस्रो संस्करण हो । जसमा कोका–कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ ।

हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिम–शृंखलाहरुको सरसफाई गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा ‘हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो दायित्व’ रहेको छ ।

स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि बढिरहेको छ । यस अभियानबाट सङ्कलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ । यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिने कार्यक्रम छ ।


Read Previous

माइती नेपालमा आबद्ध महिलाका लागि एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम

Read Next

दीर्घकालीन हुने गरी सहरी नीति बनाउँदैछौं: मन्त्री झाँक्री

Leave a Reply

Your email address will not be published.