Nepal Purbadhar

जग्गाको कित्ताकाट खुलाउने तयारी


काठमाडौं। सरकारले आगामी मन्त्रिपरिषद् बैठकबाट जग्गाको कित्ताकाट खुलाउने निर्णय गर्ने तयारी गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मंगलबार चितवनका जग्गा व्यवसायीसँगको भेटमा यस्तो जानकारी दिएको हो।

जग्गा वर्गीकरण पूरा नभएका क्षेत्रमा कित्ताकाट रोकिँदा घरजग्गा कारोबार प्रभावित भएको भन्दै व्यवसायीले तत्काल एक वर्ष म्याद थप गरी कित्ताकाट खुलाउन माग गरेका छन्। हालसम्म ४२१ ओटा स्थानीय तहले मात्रै जग्गा वर्गीकरण गरेका छन्।


Read Previous

बाँकेको सैयापुरमा पदयात्रा र बाँके निकुञ्जमा जङ्गल सफारी सुरू

Read Next

टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा आयोजना हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar