Nepal Purbadhar

मन्त्रिपरिषद्मा ३७.५ प्रतिशत महिला सहभागिता, शाह सरकार समावेशीतामा अघि


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषमा उल्लेखनीयरुपमा महिला सहभागि गराएको छ।

कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री नियुक्त भएका छन्, जसले ३७. ५ प्रतिशत (झण्डै ४०%) महिला प्रतिनिधित्व कायम गरेको छ।

गत चैत १३ गते प्रधानमन्त्री शाह नेतृत्वको नयाँ सरकार गठन हुँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, कृषी तथा पशुपंक्षी विकास मन्त्रीमा गिता चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सिता वादी र स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री शाहको सिफारिसमा आजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त हुनुभएको छ ।
नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि विगतका सरकारहरूमा यो लक्ष्य प्राय पूरा हुन सकेको थिएन ।


Read Previous

रुग्ण आयोजना पहिला सम्पन्न गर्ने मन्त्री श्रेष्ठको जोड, नयाँ आयोजना थाल्न हतार नगर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar