Nepal Purbadhar

जेन जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा


काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुन: सञ्चालन गरिएको हो ।

आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति पुगेको सुपरमार्केटको भवनमा करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनीआजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल

Read Next

काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक [पूर्णपाठ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar