
काठमाडौं । सुनको भाउ तोलामा नै १० हजार रुपैयाँभन्दा बढीले बढेको छ ।
मंगलबारको स्थानीय बजारमा एक तोला सुन १० हजार ४०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । चाँदी तोलाको पाँच हजार ९२० रुपैयाँ कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो । चाँदीको मूल्य पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रुपैयाँ र चादी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।








